डेंगु सङ्क्रमण ६९ जिल्ला फैलियो



काठमाडाैं ।

नेपालमा ६९ वटा जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सन् २०२४ को सुरूदेखि जुन पहिलो सातासम्म देशभरका ६९ जिल्लामा एक हजार १०५ जनामा डेंगी संक्रमण देखिएको छ ।

जसमध्ये सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा डेंगी सङ्क्रमण पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ३८९, कोशी प्रदेशमा २६४ जनामा पुष्टि भएको छ ।गत वर्ष ५२ हजार ७९० जनामा डेंगी संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्