टी-२० विश्वकपमा बंगलादेशको विजयी सुरुवात, श्रीलंकाको लगातार  दोस्रो हार



काठमाडौँ ।

बंगलादेशले जारी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।

यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समूह डी मा महत्त्वपूर्ण २ अंक हासिल गरेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधवार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्