विपद् उद्धार तथा प्रतिकार्य अभ्यास  मनसुन-४’को  घटना अभ्यास  प्रदर्शनी 



रसुवा। 
रसुवामा  जिल्लामा विपद् उद्धार  तथा प्रतिकार्य  अभ्यास  ‘मनसुन-४’को  घटना अभ्यास  प्रदर्शनी  गरिएको छ।  गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ मिनिगाेसाईकण्डमा शुक्रबार  मनसुनकाे समयमा देशका विभिन्न स्थानहरूमा भारि बर्षावाट बाढि,डुवान एवम् पहिराे तथा राहत कार्य प्रभावकारी रूपमा सम्पन्न गर्नको लागि  नेपाली सेना श्रीनाथ गणकाे अगुवाइमा मनसुन ४ विपद् प्रतिकार्य प्रदर्शन गरिएको हो।

उक्त प्रदर्शनीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नम्बर २० गुल्मले समेत प्रदर्शन गरेको थियो ।भिरेका बाटो हुँदै गाडी हिँडिरहेको  हुन्छ अचानक गाडी खस्छ भिरबाट एकदमै खोँचमा  तत्कालै उद्धार गर्न पनि नसकिने ठाउँमा  र उक्त ठाउँमा मानिसहरू कोही भिरमा उडकेकाे,कोही फेदमा पुगे कोही खोलामा परे उनीहरूको उद्धार गर्न नेपाली सेना,सशप्रहरि र नेपाल प्रहरीकाे संयुक्त रूपम डोरीको साहेताले गरिने उद्धार र हाईलाईन डोरीको माध्यमवाट खोंचमा फसेका घाइते व्यक्ति हरूलाई उद्धार  गरी प्राथमिक उपचार गरी अस्पताल सम्म पुराउने समेतको अभ्यास गरी देखाइएको थियो ।विभित्र उद्वारका सामग्री हरूकाे समेत प्रदर्शन गरिएको थियो ।

अभ्यासलाई दुई चरणमा सञ्चालन गरिएको थियो पहिलो चरणमा रसुवा मावि र हाईल्याण्ड आवासीय विधालयलकाे  बिर्घार्थिहरूलाई जानकारी मुलक कक्षा सञ्चालन गर्दै चट्याङ,आगलागि,भुकम्पकाे समयमा गर्नुपर्ने कार्यका साथै विभिन्न विपदकाे अवस्थामा डोरीको प्रयोग गर्ने तरिकाको अभ्यास बारे जानकारी गराइएको थियो ।दोस्रो भागमा विपदकाे अवस्थामा डोरीको साहेताले गरिने उद्धार  र हाईलाईन डोरीको माध्यमबाट  खाेजमा फसेका व्यक्ति हरूलाई गरिने उद्धार  तथा सुरक्षा फौजसँग भएका विपद् प्रतिकार्यमा प्रयोग गरिने विभिन्न सामाग्रीहरूकाे प्रदर्शन गरिएको थियो ।

प्रदर्शनी स्थलमा प्रमुख जिल्ला अधिकारी  एवम् विपद् व्यवस्थापन समितिका अध्यक्ष वेदनिधि खनाल,गोसाईंकुण्ड गाउँपालिकाकाे प्रतिनिधि,श्रीनाथ गणका निमित्त गणपति,लाङटाङ राष्ट्रिय निकुञ्ज का वरिष्ठ संरक्षण अधिकृत अणनाथ वराल,जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक केशव भट्टराई,सशस्त्र प्रहरी नम्बर २० गुल्म का गुल्मपति सुमन थापा,नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ,रसुवा उद्योग वाणिज्य संधका अध्यक्ष सुप्साङ तामाङ,विभिन्न सरकारी कार्यालय का प्रमुख तथा प्रतिनिधि हरू शिक्षक विद्यार्थी सञ्चारकर्मी हरूकाे सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुहोस्