टी-२० विश्वकपमा क्यानडाको पहिलो जित

224
Shares

काठमाडौँ ।

क्यानडाले जारी आसिसी टी-२० विश्वकपमा पहिलो जित हासिल गरेको छ ।

पहिलो पटक विश्वकप खेलिरहेको क्यानडाले गएराती सम्पन्न खेलमा टेस्ट खेल्ने देश आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

क्यानडाले दिएको १३८ रनको लक्ष्य पछाएको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाएपछि खेल क्यानडाले १२ रनले जितेको हो ।
यसअघि क्यानडाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर १३७ रन बनाएको थियो ।

समुह ए मा यो जितपछि क्यानडाले २ अंक हासिल गरेको छ । पहिलो खेलमा  अमेरिकासँग हार बेहोरेको क्यानडाले दोस्रो खेलमा जित हासिल गरेको हो ।

त्यस्तै आयरल्याण्डले भने लगातार दोस्रो हार बेहोरेको छ । आयरल्याण्डले पहिलो खेल भारतसँग हारेको थियो ।

अब क्यानडाले अर्को खेल जुन ११ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ भने आयरल्याण्डले भने जुन १४ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।