टी-२० विश्वकपमा आज चार खेल हुँदै



काठमाडौँ । 

जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुँदै छन् ।

आज पहिलो खेल समूह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुँदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुँदै छ ।

जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ । अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ । त्यस्तै न्यूजील्याण्डको बने यस विश्वकपमा यो पहिलो खेल हो । अफगानिस्तान र न्यूजील्याण्डबीच अहिलेसम्म केवल एक टी-२० खेल भएको छ, जुन न्यूजील्याण्डले जितेको छ ।

त्यस्तै आज दोस्रो खेलमा समूह डी मा रहेको बंगलादेश र श्रीलंका खेल्दै छन् । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ६ ब्नाजेदेखी सुरु हुँदै छ ।

यस विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बंगलादेशको यो पहिलो खेल रहेको छ । त्यसैगरी बंगलादेश र श्री लंका अहिलेसम्म टी-२० अन्त्र्रश्त्रिउ खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा श्री लंकाले ११ पटक जितेको छ भने बंगलादेशले ५ पटक जितेको छ ।

त्यस्तै आज तेस्रो खेलमा समूह डी अन्तर्गतकै नेदरल्याण्डस र दक्षिण अफ्रिका पनि खेल्दै छन् । न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८; १५ बजेदेखि सुरु हुने छ ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ-आफ्ना पहिलो खेलमा जित हासिल गरेर २-२ अंक बटुलेका छन् । नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म २ टी-२० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन् । नेदरल्याण्डसले पछिल्लो २०२२ मा सम्पन्न टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो ।

त्यसैगरी आज चौथो खेल समूह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुँदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि हुने छ । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्द भएपछि एक अंक हासिल गरेको छ ।

अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ । त्यस्तै २ खेलको नतिजा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्