अल्फाजुलु एड्भोकेट्स नेपालद्वारा रसुवामा वृक्षारोपण 



काठमाडौँ।

अल्फाजुलु एड्भोकेट्स नेपालले  जन्मदिनको अवसरमा  एउटा बिरुवा रोप्ने योजनाको सुरुवात गरेको छ।

 “विश्व वातावरण दिवसको अवसर पारेर अल्फाजुलु एड्भोकेट्स नेपालले ‘मेरो सदाबहार जन्मदिन उत्सव परियोजना’ अभियान अन्तर्गत  नेपालका कन्ट्री डाइरेक्टर आशिष् शर्माको परिकल्पनामा प्रत्येक सदस्यहरुले आफ्नो जन्मदिन पारेर एउटा बिरुवा उपहार  रोप्ने योजनाको सुरुवात गरेको  हो।

 पर्यावरण,मेरो भावना,बिरुवा हुर्काउने जिम्मेवारी, दायित्वबोधसहित यो परियोजनाको सुरुवात गरिएको  अल्फाजुलु एड्भोकेट्स नेपालका कन्ट्री डाइरेक्टर शर्माले  बताए।

  यस कार्यक्रम अन्तर्गत हरेक सदस्यको जन्मदिन पारेर एक बिरुवा रोप्ने र उक्त बिरुवालाई स्याहार गर्ने र हरेक महिना बिरुवाको अवस्था स्वस्थ रहेको अवस्था हुनुपर्ने जिम्मेवारी सहितको उपहार दिने गरिएको उनले बताए।

उनका अनुसार कार्यलाई बिस्तारै अभियानको रुपमा अघि सार्दै देशैभरि फैलाउने योजना रहेको छ।  बातावरण र प्रकृतिसँग सम्बन्धित यस कार्यकम संयुत राष्ट्र संघको १७  ओटा दिगो विकास लक्ष्यहरूअन्तर्गत जलवायु कार्य पनि एक हो  यस परियोजनाले सोही जलवायु कार्यलाई पनि सघाउ पुर्‍याउने छ।

‘ हाम्रो सोच र मनमा रुख बिरुवा प्रतिको प्रेम जगाउनु यसको उद्देश्य हो’ अल्फाजुलु एड्भोकेट्स नेपालका कन्ट्री डाइरेक्टर आशिष् शर्माले भने।

यस अभियानलाई सफल पार्नु  अभियानमा संलग्न सबैको दायित्व र जिम्बेबारी भएको अल्फाजुलु एड्भोकेट्स नेपालका वक्ता  मुना अधिकारीले बताइन्।

विश्व वातावरण दिवसको अवसर पारेर रसुवा जिल्लाको आमाछोदिंगमो गाउँपालिका वार्ड नो १ मा रहेको श्री हाकुबेसी आधारभूत विद्यालय, रसुवामा अल्फाजुलु एड्भोकेट्स नेपालका प्रतिनिधि, बिद्यालयका शिक्षक्, बिद्यार्थी तथा सारांश मिडिया का प्रतिनिधि तथा अल्फजुलुको तर्फबाट सुजाता नेपालको नेतृत्वमा  वृक्षारोपण कार्यक्रम  गरिएको थियो

यो अभियानलाई अल्फाजुलु एड्भोकेट्सका अन्तर्राष्ट्रिय  स्वयंसेवक एव विशिष्ट व्यक्तित्वहरूबाट समेत समर्थन र सहयोग रहेको संस्थाले जनाएको छ।

 यो अभियानलाई विश्वको १३ वटा देशहरु माली, इन्डिया, नामिबिया, मलेसिया, क्यानडा, फ्रान्स, युक्रेन, जापान, अमेरिका, रुवान्डा, जोर्डन, युके, र क्यामेरनबाट पनि समर्थन प्राप्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्