जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ



काठमाडौं।

काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित ढुङगेधारा रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे चौरी देउराली गाउँपालिका-९ घर भएका रेष्टुरेन्ट संचालक ४४ वर्षीय कुमार लामासमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्तमहाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई ८० हजार ५ सय रूपैयाँ र ३ बुकताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्