कार्यालय सञ्चालन तथा दक्षता अभिवृद्धि कार्यक्रम सम्पन्न



काठमाडौँ। 

कार्यालय सञ्चालन दक्षता अभिवृद्धि २३ औं समूहको समापन कार्यक्रम सम्पन्न भएको छ। गत वैशाख २० गतेबाट संचालन भएको १ महिना अवधिको कार्यालय सञ्चालन दक्षता अभिवृद्धि (प्र.ज. देखि जु.प्र.अ.) २३ औं समूहको शुक्रवार एक कार्यक्रमबीच समापन गरिएको छ।

 केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा   केन्द्रका सह- समादेशक प्र.ना.उ.रविन विष्ट, प्रहरी निरीक्षक तथा तालिम संयोजक आशिस पोखरेल, प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिना, प्रहरी निरीक्षक मिलन थापा लगयत जुनियर प्रहरी अधिकृतहरु तथा गुरुवा वर्गहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा  प्रमुख अतिथी काफ्लेले दीक्षित भएर  जाने प्रहरी कर्मचारीहरुलाई शुभ-कामना एवं बधाई दिंदै कार्यक्षेत्रमा पाएको जिम्मेवारी अनुशासित, इमान्दार, कर्तव्यनिष्ठ, सभ्य र सुसंस्कृत हुँदै राज्य, संगठन र जनताप्रति इमान्दार भएर कार्यसम्पादन गर्न निर्देशन समेत दिए।

प्रतिक्रिया दिनुहोस्