कम्प्युटर विज्ञहरुको भेला नेदरल्यान्डसमा सम्पन्न



लन्डन ।

नेपालीभाषी इन्जिनियरहरुको संस्था नेपाली स्पिकिङ इन्जिनियरस एसोसिएसन अफ द नेदरल्यान्डसले नेपालमा कम्प्युटरका क्षेत्रमा काम गरिरहेका विज्ञ र युरोपलगायतका क्षेत्रमा काम गरिरहेका कम्प्युटर इन्जिनियर तथा अन्य विज्ञ अनि व्यवसायीसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।

डेल्फ्ट युनिभर्सिटी अफ टेक्नोलोजी नेदरल्यान्डसमा सम्पन्न कार्यक्रममा कम्प्युटर र डिजिटल प्रविधिमा युरोपले गरेको प्रगति र नेपालका लागि आवश्यक सहयोग, अनुभव आदानप्रदानका विषयमा महत्वपूर्ण छलफल भएको हो। बेल्जियम, नेदरल्यान्डस र लक्जेम्बर्गका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीको प्रमुख आतित्थमा सम्पन्न कार्यक्रममा एनआरएन नेदरल्याण्डसका प्रतिनिधि, व्यवसायी, विद्यार्थीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाललगायत यूके, युरोपका विभिन्न स्थानबाट नेदरल्यान्डस आएका इन्जिनियरहरुले कम्प्युटर सफ्टवयर, एआई र साइबर सेक्युरिटीका प्रयोग र आवश्यकताका बारेमा आफ्ना खोज र अनुसन्धान प्रस्तुत गरेका थिए।

नेपाली स्पिकिङ इन्जिनियरस एसोसिएसन अफ द नेदरल्यान्डसकी अध्यक्ष सविना श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाली स्पिकिङ इन्जिनियरस एसोसिएसन अफ द नेदरल्यान्डसका पूर्वअध्यक्ष तथा डेल्फ्ट युनिभर्सिटीका प्राध्यापक डिपी शर्मा मैनालीले संयोजन तथा सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्