बागमती टिम च्याम्पियन



काठमाडौं । बागमती प्रदेशले ५६ औं राष्ट्रिय कराते प्रतियोगिताको उपाधि जितेको छ । १५ स्वर्ण, ८ रजत र १० कांस्य जित्दै बागमती समग्रमा टिम च्याम्पियन बन्यो।

नेपाल कराते महासंघको आयोजनामा सातदोबाटोस्थित कराते हलमा भएको प्रतियोगितामा १५ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो। तेश्रो स्थानको कोशी प्रदेशले ११ स्वर्ण हात पार्‍यो।

तीनदिने प्रतियोगितामा सातै प्रदेश, प्रहरी, नेपाल आर्मी, एपीएफ र विभागीय टोलीमा आबद्ध खेलाडी बाहेकको राष्ट्रिय टिमका करिब ५ सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्