राजन र सिन्दिरा नेपाल च्याम्पियन



काठमाडौं ।

झापाका राजन सुवेदी ४५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा नयाँ च्याम्पियन बनेका छन्। राजन ८ अंकसहित नयाँ विजेता बन्नुका साथै सेप्टेम्बरमा हंगेरीको बुडापेस्टमा हुने ४५ औं ओलम्पियाडमा खेल्ने तय गरे। शीर्ष १२ खेलाडी सहभागी उक्त प्रतियोगितामा उनले सात जित, दुई बराबरी र दुई हारको नतिजा आत्मसात गरेका हुन्।

त्यसैगरि झापाकै श्रुसुरत दाहाल पनि ७.५ अंक बनाएर दोस्रो स्थानमा रहे। समान ७.५ अंक प्राप्त गरे पनि क्षितिज भण्डारी तेस्रो स्थानमा रहेका छन्। यससँगै शुश्रुत र क्षितिज दुबैले ओलम्पियाडको यात्रा तय गरेका छन्।

नवौं महिला राष्ट्रिय बुद्धिचालतर्फ ९ अंकसहित सिन्दिरा जोशी नेपाल च्याम्पियन बनिन्। झापाकी कृतिसारा अधिकारीले ८.५ अंक जोड्दै दोस्रो स्थानमा रहिन्।

कास्कीकी पूजा भण्डारी ८ अंक प्राप्त गर्दै तेस्रो भइन्। उनीसंगै ८ अंक हात पार्दै शान्ति धिमाल चौथो स्थानमा रहेकी हुन्। यी चारै जना खेलाडी पनि ओलम्पियाडमा छनौट भएका छन्।

प्रतिक्रिया दिनुहोस्