बसकाे ठक्करबाट ईन्टरनेटमा काम गर्ने मजदुरको मृत्यु



धादिङ ।

 बसको ठक्करबाट धादिङको थाक्रेमा बिहिबार एक जना ईन्टरनेटमा काम गर्ने मजदुरको मृत्यु भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे गाउँपालिका-७ को आठकिलोमा पोखराबाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नंवरको यात्रु वसले ठक्कर दिंदा  एकजनाको मृत्यु भएको हो।

सडक छेउमा तान्दैगरेको इन्टरनेटको तार बसमा अल्झीदा तारसँगै तार तान्दै गरेका धरान उपमहानगरपालीका -१७ घर भएका २३ वर्षीय सुदेश सुनुवारलाई बसले ठक्कर दिएको प्रतक्षदर्शिले बताएका छन् ।

बससले ठक्कर दिएका  सुनुवारको घटनास्थलमा नै मृत्यु भएको  हो । घटनालाई लिएर  स्थनीयले अहिले राजमार्ग अवरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्