सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, कति छ आजको बजार भाउ?



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ ।

विहीबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४३ हजार ३०० पुगेको छ ।

यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्