टी-२० विश्वकपमा भारतको विजयी सुरुवात



काठमाडौं । 

आईसीसी टी-२० विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न खेलमा भारतले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो।

आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले ५२ रन बनाएका थिए भने ऋषभ पन्तले ३६ रन बनाए भने सूर्यकुमार यादवले २ रन बनाएका थिए।

रोहित शर्मा ५२ रन बनाएर रिटायर हर्ट भएका थिए।यस अघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्याण्डले १६ ओभरमा अल आउट हुँदै ९६ रन बनाएको थियो।

आयरल्याण्डका लागि ग्यारेथ डेलानीले सर्वाधिक २६ रन बनाएका थिए भने जोश लिटिलले १४, कर्टिस काम्फरले १२ तथा लोर्कान टेक्टरले १० रन बनाएका थिए।

भारतका हार्दिक पाण्डेयले ३ विकेट लिए भने जसप्रीत बुमराह र अर्शदीप सिंहले २-२ तथा मोहमद सिराज र अक्सर बपटेलले एक एक विकेट लिएका थिए । यो जितसँगै भारतले महत्त्वपूर्ण २ अङ्क हासिल गरेको छ। अब आयरल्याण्डले दोस्रो खेल जुन ७ मा क्यानडाविरुद्ध खेल्दै छ । त्यसै गरी भारतले भने जुन ९ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्