कर्णाली सरकारको नीति तथा कार्यकम आज



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेस गर्ने गर्दै छ। बिहीबार दिउँसो ३ बजे प्रदेश सभा बैठकमा सरकारकारतर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम पेस गर्ने कार्य तालिका रहेको छ।

सरकारले नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी छ। सार्वजनिक कार्यक्रममै मुख्यमन्त्री यामलाल कँडेलले नयाँ योजना थप्ने भन्दा पनि यसअघि सञ्चालनमा रहेका बहु वर्षीय आयोजनालाई निरन्तरता दिने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्