पक्की पुलको फर्मा पल्टिदा चारजना घाइते 



 सिन्धुली ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ को क्यानखोला क्वाटरमा निर्माण भइरहेको गाडी चल्ने पक्की पुलको फर्मा भाँच्चिएर पल्टिदा आज चारजना मजदुर घाइते भएका छन् ।

घाइते हुनेमा पुल निर्माणमा काम गरीरहेका पर्सा बहुदमाही नगरपालिका ५ का ३३ बर्षिया मनोज महत्तो, ४५ बर्षिया विनोद महत्तो, अलमदेव महत्तो र हरिहरपुरगढी गाउँपालिका ७ का ५० बर्षिया मदन घलान रहेका छन् ।

घाइतेहरूलाई उपचारको लागि विरगन्जको नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइतेहरूको उपचारका लागि पुल निर्माणको ठेक्का लिएको निर्माण कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्