सवारी दुर्घटनामा  मृत्यु भएका दुवैको सनाखत



उदयपुर ।

उदयपुरको मदन भण्डारी लोकमार्गको त्रियुगा नगरपालिका वडा न १ फुलजोरमा  मङ्गलबार बिहान १० बजेतिर सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा सुनसरीको रामधुनी नपाका रविन श्रेष्ठ र त्रियुगा नपा ३ कि हिरा राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुबै मृतकको उदयपुर जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि राखिएको र  शव आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

गाईघाटबाट बेल्टारतिर जाँदै गरेको प्र १(०२(०५२प ३९५८ नम्बरको मोटरसाइकललाई  विपरीत दिशाबाट आइरहेको प्र१ (०२.(००१ख८५१४ नम्बरको टिपरले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्