सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा उत्कृष्ट योगदान दिएको भन्दै डा. बमलाई इन्डोनेसिया सरकारद्वारा सम्मान



काठमाडौँ।

सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा उत्कृष्ट योगदान दिएको भन्दै इन्डोनेसिया सरकारले डा तारा सिंह बमलाई विशेष सम्मान प्रदान गरेको छ ।
इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी सादिकिनले एक समारोहकाबीच डा बमलाई विशेष सम्मान पत्र प्रदान गरेका हुन् ।

विगत १७ वर्षदेखि इन्डोनेसिया तथा विश्वका विभिन्न क्षेत्रमा पुगेर सुर्तीजन्य पदार्थ नियन्त्रणमा निरन्तर काम गरिरहेको भन्दै डा बमलाई उक्त उक्त सम्मान प्रदान गरिएको हो ।

डा बमले सुर्तीजन्य पदार्थ नियन्त्रण गरी नसर्ने रोगको जोखिम कम गराउन राष्ट्रिय र स्थानीय नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुकै सहभागितामा विभिन्न अभियान तथा कार्यक्रम गर्दै आइरहेका छन् ।

डा बम यसअघि लामो समय इन्टरनेशनल यूनियन एगेन्स्ट ट्युबरक्लोसिस एण्ड लंग डिजिज (द यूनियन) मा एशिया प्यासिफिक डाइरेक्टरको रुपमा कार्यरत थिए । अहिले भने उनी सुर्ती नियन्त्रण सम्बन्धी संस्था भाइटल स्टार्टेजी नामक संस्थामा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्