विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ



कास्की।

पोखरा महानगरपालिका-३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुटपिट गरेको अभियोगमा सोही विद्यालयका शिक्षक रूपा गाउँपालिका-६ खोलाको छेउ बस्ने ३२ वर्षीय सुदिप अधिकारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती बालकलाई होमवर्क नगरेको र अक्षर नराम्रो भएको भनी लठ्ठीले प्रहार गरी घाइते बनाएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनी उपर जिल्ला अदालत कास्कीबाट बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ अन्तर्गतको कसूरमा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । उक्त कसूरमा १ वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्