सवारी दुर्घटनामा दुईको मृत्यु



 उदयपुर ।

उदयपुरकाे मदन भण्डारी लाेकमार्गकाे त्रियुगा नगरपालिका वडा न १ फुलजाेरमा  मङ्गलबार बिहान ११ बजेतिर सवारी दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।
गाईघाटबाट बेल्टारतिर जाँदै गरेकाे प्र १-०२-०५२प ३९५८ नम्बरकाे माेटरसाइकललाई  विपरित दिशाबाट आइरहेको प्र१ -०२=-००१ख८५१४ नम्बरकाे टिफरले ठक्कर दिंदा दुई जनाकाे मृत्यु भएको हो  ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले दुबैको शव  जिल्ला अस्पतालमा राखिएको पोस्टमार्टम र सनाखत हुन बाँकी रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्