काठमाडौं महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने

54.43k
Shares

काठमाडौं ।

आईसीसी टी-२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडी गाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ। महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो।  नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुने छ।

यो खेल हेर्नका लागि ठुला एलईडी स्क्रिन राखिनेछन्। महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए।

यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन। प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ। टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको साङ्गीतिक प्रस्तुति हुने महानगरले जनाएको छ ।