टी-२० विश्वकप : श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी



काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो। श्रीलङ्काले दिएको केवल ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले  १६.२ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए । श्रीलङ्काले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो। त्यसै गरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्वाधिक ४ विकेट लिएका थिए।

उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए। समूह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्त्वपूर्ण २ अङ्क हासिल गरेको छ। अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोही दिन श्रीलङ्काले बङ्गलादेशको सामना गर्ने छ।

प्रतिक्रिया दिनुहोस्