४६ लाख ७३ हजार बराबरको अवैध समानसहित ट्रक प्रहरीको नियन्त्रणमा



काठमाडौँ।

प्रहरीले  बाराबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ।  प्रहरीले बाराका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो ।

जिल्ला प्रहरीकार्यालय बाराको  मातहतमा इलाका  प्रहरी कार्यालय अमलेखगंजबाट खटिएका प्रहरी टोलिले भन्सार छलीका सामानसहित  ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले  जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकमा  बीरगंजबाट रूपन्देही तर्फ जाँदै गरेको ना ६ ख १३०२ नम्बरको ट्रक  चेक जाँच गर्दा बिल भरपाई भन्दा बढी  समानको स्रोत खुलाउन नसकेको  ४६ लाख ७३ हजार २ सय ५६  रूपैया बराबरको  हार्डवेयर,कपडा तथा अन्य खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको हो।

यस्तै इलाका  प्रहरी कार्यालय  जीतपुरबाट खटिएको  प्रहरी टोलीले  बीरगंजबाट पथलैया तर्फ़ जाँदै गरेको ना २ ख ९९ नंको बसमा लोड गरेको करिब ६०,००० बराबरको स्रोत खुलाउन नसकेको १२० पिस  कुर्ता सुरुवाल नियन्त्रणमा लिएको छ।

बरमद सबै सामान  तथा ट्रक आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्