कांग्रेसको ‘चार तारे झन्डा’ सिलाउने भक्कु दाइ अस्ताए 



बझाङ।  

 प्रायः नेपाली काँग्रेस बझाङका नेता कार्यकर्ताको मुखबाट सर्वप्रिय रूपमा सुनिँदै आएको नाम थियो भक्कु दाइ ! ४६ सालकाे पञ्चायती व्यवस्थामा काँग्रेसकाे झन्डा सिलाएकै कारण तत्काल सरकार पक्षले कुटपिट गरी  कानको जाली नै फुटाएर सुन्न नसक्ने बहिरो भएका भक्कु दाइलाई जेलमा पनि थुनामा राखिएको थियो  ।
बझाङ सदरमुकाम चैनपुरमा स्थायी घर भएका भक्त बहादुर दमाई (भक्कु)को निधन भएको छ । ७४ वर्षका भक्त बहादुर दमाई (भक्कु) विगत लामो समय देखि बिरामी भएर हिजो आइतबार जिल्लामै निधन भएको  हो ।

नेपाली काँग्रेसका सक्रिय सदस्य रहेका दमाई पञ्चायकालमा नेपाली काँग्रेसकाे झन्डा सिलाएकाे आराेपमा तत्कालीन सरकार पक्षले उनलाई कुटपिट समेत गरेको थियो । विगत लामो समय देखि चैनपुरमा सिलाई कटाई गर्दै आएका दमाई पोसाक सिलाउनमा अब्बल थिए । बहुदल आएपछि काँग्रेसकाे राजनीतिमा सक्रिय हुँदै पार्टीका झन्डा, ब्यानर, ब्याज सिलाउथे  ।

दमाईको मृत्युको दुख व्यक्त गर्दै नेपाली काँग्रेस बझाङ समेत शोक वक्तव्य जारी गरेको थियो । दमाईको मृत्युले नेपाली काँग्रेसका नृता,शुभचिन्तक,कार्यकताले समेत दुःख व्यक्त गर्दै उहाँले पार्टीमा गरेको योगदान प्रति स्मरण समेत गरेका थिए । दमाई एउटा कुशल ब्यावसायी इमानदार कर्मनिष्ठ नेताका रूपमा परिचित थिए ।

 बुबाको सपना पूरा गर्न र  बुबाको जीवनशैलीबाट आफूले केही पाठ सिकी अगाडि बढ्ने समेत उनका छोरा तथा काँग्रेसका जिल्ला कार्यसमितिका सदस्य सुनिल दमाईको भनाई रहेको छ । भक्त दमाई बझाङका दलित समुदायका सामाजिक,राजनीतिक क्षेत्रका समेत अगुवा थिए ।

प्रतिक्रिया दिनुहोस्