उरै नाकाबाट फर्केपछि पत्रकार सम्मेलन 



बझाङ।

बझाङ कमे उत्तरी क्षेत्र तिब्बतसंग जाेडिएकाे उरै नाकाकाे अबस्था बुझबिस्तार गर्न गएकाे सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङकाे टोली फिर्ता भए पछि सोमबार त्यहाँको अवस्था बारे पत्रकार सम्मेलन गरिएको छ ।

नेपाल सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बझाङका डिएसपी जनकराज पन्तकाे नेतृत्वमा गएकाे टोलीले जिल्ला प्रशासन कार्यालयमा आज पत्रकार सम्मेलन गरिएको हो ।

पत्रकारसँग भेटघाटमा प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुईकेलले उरै नाका खोलेको र केही जनाले ताक्लाकाेट जान अनुमती लिएको जानकारी गराएका थिए। साथै नेपाली सेनाका मेजर धिरज राउतले पनि सेनाको टोली सिमाक्षेत्र गएर त्यहाँको अवस्था बारे जानकारी दिएका थिए ।

उरै नाकाकाे २ नं सीमा स्तम्भ सम्म पुगेर फर्केका सशस्त्र प्रहरी बल नेपाल बझाङका डिएसपी जनकराज पन्तले सीमा स्तम्भ काे अवस्था त्यहाँको बाटाेघाटाे र सुचनासंचारकाे अवस्था,शान्ति सुरक्षा लगायतका विषयमा जानकारी दिएका थिए ।

नेपाल सरकारकाे तर्फबाट पहिलो पटक सीमा स्तम्भ सम्म पुगेको डिएसपी पन्तकाे टाेलिले उरै क्षेत्रकाे भाैगाेलिक सुन्दरता,पर्यटकीय पर्वद्धनमा जाेड दिनु पर्ने बताए । साथै त्यहाँ जाने पर्यटकहरूका लागि संचारकाे असुविधा भएकाले संचार सेवाका लागि सरकारले जाेड दिनु पर्ने बताए । साथै उनले सीमा एकिकृत सुरक्षा टोली स्थापना गर्नु पर्ने बताए । नेपालकाे उत्तरी क्षेत्र चिनकाे तिब्बत सँग जाेडिएका १४ नाकाहरू खाेलीएका छन् । यसमध्ये सबै भन्दा छाेटाे दुरिमा रहेको बझाङकाे उरै ताक्लाकाेट नाका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्