चार डीएसपीलाई एसपीमा बढुवा सिफारिस



काठमाडौँ।

नेपाल प्रहरीमा चारजना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले चार डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा प्रदीपबहादुर क्षेत्री, नारायण रंजितकार, अनन्तराम शर्मा र एकनारायण कोइराला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्