मेयर बालेनको सिंगापुर भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय

11.19k
Shares

काठमाडौँ।

मन्त्रिपरिषद्ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को सिंगापुर भ्रमण स्वीकृत गरेको छ। यही जेठ २० देखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वल्र्ड सिटीज समिटमा सहभागी हुन मेयर शाह त्यसतर्फ जाँदैछन्।

सो भ्रमणसम्बन्धी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेको सरकारकी प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यस्तै एसियाली विकास बैंकको आयोजनामा फिलिपिन्सको मनिलामा जेठ २१ देखि २२ गतेसम्म सञ्चालन हुने लिडरसिप फोरम अन राइजिङ द प्रोफाइल अफ पर्फोमेन्स अडिट्स फर एसएआई लिडरस एण्ड के स्टेकहोल्डरस विषयक कार्यक्रममा सहभागिताका लागि महालेखापरीक्षक तोयम रायालाई स्वीकृति दिने निर्णय पनि भएको उनले बताइन्।