भारतमा याे वर्षकै उच्च तापक्रम ५० डिग्री पुग्यो



काठमाडौँ ।

उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ । मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो । दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीसम्म रेकर्ड गरेका छन् ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ ।

राजधानी दिल्लीमा यो सिजनको सबैभन्दा उच्च तापक्रम हो । यद्यपि, मुंगेशपुर र नरेला मौसम स्टेशनहरू २०२२ मा स्थापना भएका थिए र विगत तीन वर्षको लागि मात्र रेकर्डहरू छन् । आईएमडीले मे ३० पछि गर्मीको लहरबाट राहत पाउन सक्ने बताएको छ ।

आईएमडीले बिहीबार उत्तर-पश्चिम भारतका केही भागहरूमा पश्चिमी विक्षोभको अपेक्षा गरेको छ, जसले सप्ताहन्तमा केही वर्षा हुन सक्छ । उत्तर-पश्चिम र मध्य भारतमा तातो लहरको अवस्था पश्चिमी विक्षोभको अनुपस्थितिलाई श्रेय दिएका छन् ।

भारतको मौसम बिभागका अनुसार, १० मौसम केन्द्रहरूले यस महिनाको सबैभन्दा बढी तापक्रम रेकर्ड गरेको छ – जसमा आगरामा ४८.६ डिग्री सेल्सियस, बिहारको देहरी ४७ डिग्री सेल्सियस, उत्तर प्रदेशको हमीरपुर ४८.२ डिग्री सेल्सियस, उत्तर प्रदेशको झाँसी ४९ डिग्री सेल्सियस सेल्सियस, हरियाणाको नारनौल ४८.५ डिग्री सेल्सियस, अयानगर-दिल्लीको ४७.६ डिग्री सेल्सियस, नयाँ दिल्ली-रिज ४७.५ डिग्री सेल्सियस, मध्य प्रदेशको रीवा ४८.२ डिग्री सेल्सियस, हरियाणाको रोहतक ४८.१ डिग्री सेल्सियस र उत्तर प्रदेशको वाराणसी ४७.२ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्