आँधीसँगैको पहिरोमा परी २७ जनाको मृत्यु



काठमाडौं ।

भारतको मिजोरमको राजधानी आइजवलमा रेमल आँधीका कारण आएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ। मिजोरम सरकारको सूचना तथा जनसम्पर्क विभागले यो जानकारी दिएको हो।

मिजोरम सरकारको सूचना र जनसम्पर्क विभागले भनेको छ, ‘आइजवलमा चक्रवात रेमलका कारण गएको पहिरोमा २७ जनाको मृत्यु भएको छ।’ पूर्वाधारमा क्षति पुगेपछि खानेपानी र बिजुलीको आपूर्ति पनि प्रभावित भएको छ।

चक्रवाती आँधी रेमलका कारण मिजोरममा भारी वर्षा भइरहेको छ। सरकारले आँधी र वर्षाको जोखिमलाई ध्यानमा राखी सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्