कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

2.35k
Shares

काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएको छ।  आज बिहानै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएका सिरोहियालाई मङ्गलबार कान्तिपुरको कार्यालयबाटै पक्राउ गरिएको थियो ।

उनलाई आज म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइँदै छ। उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पुर्जी जारी गरेका थियो।

जिल्ला प्रशासन कार्यालय धनुषाबाट लिएको नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग मिलेको भन्दै गत वैशाख १६ गते उनीविरुद्ध धनुषा प्रहरीमा निवेदन परेको थियो।