एयर टर्ब्युलेन्समा पर्यो सिंगापुर एयरलाइन्सको विमान: एक यात्रुको मृत्यु, ३० जना घाइते



काठमाडौँ ।

लण्डनबाट सिङ्गापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको  एक विमान आँधीको चपेटामा परेपछि एक यात्रुको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार हावा आँधीलाई एयर टर्ब्युलेन्स भनिन्छ र धेरै पटक यात्रु विमानहरू त्यसमा फसेर क्षतिग्रस्त हुन्छन् । यो पनि विमान एयर टर्ब्युलेन्समा फसेको घटना हो ।

यो विमान एयर टर्ब्युलेन्समा फसेपछि बैंककमा अवतरण गराइएको एयरलाइन्सले जानकरी दिएको छ । उक्त बोइङ ७७७–३०० ईआर विमानमा कुल २११ यात्रु र १८ चालक दलका सदस्य सवार रहेको एयरलाइन्सले जनाएको छ ।

सिङ्गापुर एयरलाइन्सले मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्