शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : डेढ करोडभन्दा बढी बैंक ब्यालेन्स, ११ तोला सुन



काठमाडौँ।

मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को जेठ ३ गतेको निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार शिक्षामन्त्री सुमना श्रेष्ठले उनको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट हरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेकी हुन् ।

यस्तै उनको नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् ।

यस्तै उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् ।

उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्