इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन



काठमाडौँ ।

इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ ।

अजरबैजानको भ्रमण गर्ने क्रममा राष्ट्रपति रायसी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

इरानी तसिन्म समाचारले राईसी चढेको को हेलिकप्टरको वास्तविक अवस्था के छ भन्ने स्पष्ट नभएको जनाएको छ ।

राष्ट्रपति चढेको हेलिकप्टरसहित तीन हेलिकप्टर त्यसतर्फ गएका थिए, जसमा दुईवटा हेलिकप्टरमा मन्त्री र अधिकारीहरू सवार थिए जो सुरक्षित गन्तव्यमा पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्