संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी



काठमाडौं ।

सहकारी प्रकरणका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउनका लागि गठित कार्यदलको बैठक अहिले जारी छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको हो।

शनिबार सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका थिए। संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदलसमेत गठन भएको थियो।

कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद शिशिर खनाल रहेका छन्। संसदीय छानबिन समिति बनाउने सहमति जुटेसँगै आजदेखि संसद्‌मा कांग्रेसले अवरोध नगर्ने भएको छ।

आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्