दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख

940
Shares

काठमाडौं ।

सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै छन्। आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

सभामुखको सचिवालयका अनुसार आजको संसद् बैठक सञ्चालनका लागि सभामुखले छलफल गर्न लागेका हुन्। प्रमुख चार दलहरुबीच सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन सहमति भएपछि आजै समितिको कार्यादेश टुङ्गो लगाउने तयारी  छ।

कार्यादेश टुङ्गो लगाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। कार्यदलको बैठक अहिले जारी रहेको छ । कार्यदलले कार्यादेशमा सहमति गरे आजको संसद् बैठक बिना अवरोध बस्ने देखिएको छ।