इरानमा दुई महिलासहित सात जनालाई फाँसी



काठमाडौं ।

इरानमा शनिबार सात जनालाई फाँसी दिइएको छ। जसमा दुई महिला पनि छन्। इरानमा मे महिनामा अहिलेसम्म कम्तीमा ५० जनालाई फाँसी दिइएको छ। फाँसीमा झुन्डिएकामध्ये एक महिला र पाँच पुरुष लागु औषध सम्बन्धी अपराधमा पक्राउ परेका थिए।

यसै क्रममा मृत्युदण्डको सजाय पाएकी अर्की महिला पनि श्रीमानको हत्या गरेको अभियोगमा दोषी ठहर भएकी थिइन्। इरानमा यो वर्ष अहिलेसम्म २ सयभन्दा बढीलाई मृत्युदण्ड दिइएको छ। यो पछिल्लो दशकमा सबैभन्दा ठुलो सङ्ख्या हो।

इरानी र्‍यापर टूमाज सालेही पनि हालैका दिनमा फाँसी दिइएकामध्ये एक छन्। सालेही इरानी सरकारविरुद्ध गाएका गीतबाट चर्चामा आएका थिए।

प्रतिक्रिया दिनुहोस्