प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु

350
Shares

काठमाडौं ।

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ।

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित हुने बताइएको छ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी छन्। कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारका गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेर सदन अवरोध गर्दै आएको छ। तर, सरकारले भने छानबिन समिति नबनाउने अडान लिँदै आएको छ ।