मौद्रिक नीतिको तेस्रो समीक्षा : घरजग्गा खरिदका लागि लचिलो नीति



काठमाडौँ।

नेपाल राष्ट्र बैंकले घरजग्गा खरिदमा सहज नीति लिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घरजग्गा खरिदका लागि ऋण भुक्तानी आम्दानी अनुपातमा लचिलो नीति लिएको हो ।

यो व्यवस्था लागु भएपछि ऋण लिएर घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्र भुक्तानी गर्न पाइने व्यवस्था थियो ।

“घरजग्गा खरिदप्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिनेछ,” मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्