प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि सर्‍यो



काठमाडौं ।

बिहीबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ। बैठक बिहीबार नै अपराह्न ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्