नीति तथा कार्यक्रममा फिल्म क्षेत्रलाई सम्बोधन



काठमाडौं ।

सरकारले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फिल्म र संगीत क्षेत्रलाई पनि सम्बोधन गरेको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अगामी आर्थिक वर्षमा फिल्म पर्यटन प्रवर्द्धन गर्न हलिउड तथा बलिउड फिल्म छायांकनका लागि निर्मातालाई आकर्षित गरिने घोषणा गरेका छन्।

हलिउड तथा बलिउडलगायत अन्तर्राष्ट्रिय फिल्म निर्मातालाई नेपालमा फिल्म छायांकनका लागि आकर्षित गरी फिल्म पर्यटन प्रवर्द्धन गरिनेछ। पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित बनाइनेछ। पर्यटक उद्धार केन्द्रसहित पर्यटकीय पूर्वाधारको निर्माण तथा विकास गरिनेछ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने।

त्यस्तै, समाज रूपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक फिल्म, गीत, संगीत, अनुसन्धान तथा स्वदेशी फिल्मको प्रवर्द्धन गर्न परिवर्तनका लागि कला र साहित्य कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्