संगीतकर्मी संघमा नयाँ कार्यसमिति

28
Shares

काठमाडौं ।

राष्ट्रिय संगीतकर्मी संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रीय महाधिवेशनले लोकगायक प्रकाश कटवाललाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको छ।

राजधानीमा सम्पन्न महाधिवेशनले संघको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती, उपाध्यक्षमा रमेश दुलाल (कागे), कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ (मिलन), महासचिवमा विनोद ढकाल, उपमहासचिवमा मानबहादुर तामाङ र रवीन्द्र रिमाल, सचिवमा दिनेश डाँगी, शोभा थापा, आशा लामा, रुपक परियार, सहसचिवमा स्मृति गौतम, प्रवक्तामा सविन चौहान, कोषाध्यक्षमा गोविन्द गौतम र सहकोषाध्यक्षमा टीका सानुलाई निर्वाचित गरेको छ।

त्यसैगरी, केन्द्रीय सदस्यमा नवराज भट्टराई, कुलबहादुर वली, दिनेश भण्डारी, नहकुलप्रसाद गौतम, प्रदीप रोक्का, अशोक सापकोटा, रुपेश पुडासैनी, ऐनबहादुर दौड्याल, दिलु बिसी, ढकबहादुर खत्री, उमेश शिवाकोटी, दिलबहादुर भण्डारी (दिनेश), यज्ञकुमारी रुचाल, शंकर ढकाल, सुमी श्रेष्ठ, निरुता खत्री, प्रतीमा अर्याल र सुजता केसी निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिका लागि उपमहासचिव, सचिव, सहसचिव र महिला सदस्यमा मतदान भएको थियो भने बाँकी अन्य पद निर्विरोध निर्वाचित भएका थिए।