डान्सिङ बिटमा कल कल मुया

70
Shares

काठमाडौं ।

गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत कल कल मुया सार्वजनिक गरिएको छ। राजन रुमानीको शब्द रचना, तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्जमेन्ट रहेको छ। गीतको भावमै भिडियोका कथा बुनिएको छ।

भिडियोमा जीवनकुमार ज्ञवाली र नम्रता सापकोटाले जोडी बाँधिएर नृत्य तथा अभिनय गरेका छन्। नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन रहेको छ भने कोरियोग्राफी र निर्देशन कविराज गहतराजले गरेका छन्।