सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुने



काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाइ आज हुँदै छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाइ वकिलहरूको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।

यस मुद्दाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्दाको फैसला पनि आजै आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्