काठमाडौंका यी स्थानमा बिहीबारदेखि ६ घण्टा विद्युत् अवरुद्ध हुने

924
Shares

काठमाडौं ।

काठमाडौंका विभिन्न स्थानमा बिहीबारदेखि दैनिक ६ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही जेठ ८ गतेसम्म विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले नयाँ बजार वितरण केन्द्र, क्षेत्रपाटी वितरण केन्द्र, भिमसेनस्थान वितरण केन्द्र र त्रिपुरेश्वर वितरण केन्द्र अन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने जनाएको हो।

यी क्षेत्रमा जेठ ३ गतेदेखि ८ गतेसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।