कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने



काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न दिने भएको छ।

संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस सदंसदीय दलले निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आफ्ना माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निर्णय गरको छ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकसँग भेट गर्दै नीति कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए। सहकारीका समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनलाई अवरोध नगर्न आग्रह गरेका थिए।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। त्यसका निम्ति दिउँसो ३ बजे बस्ने गरी संसद्को संयुक्त बैठक तय गरिएको छ।

सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठन गर्नुपर्ने माग गरिरहेको छ। लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाइएसम्म संसद् बैठक चल्न नदिने कांग्रेसले अडान लिएको छ।

प्रतिक्रिया दिनुहोस्