बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

182
Shares

काठमाडौं ।

भारतको बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन भएको छ। क्यान्सरसँग लडिरहेका मोदीको सोमबार दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफू बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए। सुशील कुमार मोदीको निधनमा राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव, तेजस्वी यादवलगायतका नेताहरूले गहिरो शोक व्यक्त गरेका छन्।