मुम्बईमा होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु

560
Shares

काठमाडौं ।

भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ। सोमबार अपराह्र वर्षासँगै आएको आँधीपछि इन्धन स्टेशनमा १५ हजार वर्गफिटको ठूलो विज्ञापन होर्डिङ बोर्ड ढलेर च्यापिँदा १४ जनाको मृत्यु भएको हो।

दुर्घटनामा ७४ जना घाइते भएका छन्। वर्षा र हावाहुरी चलिरहेको अवस्थामा पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो।