कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

42
Shares

विराटनगर ।

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन्। आज बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

कार्की २७ वैशाखमा नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन्।

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधीन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने अडान लिएको छ। यससम्बन्धी थप निर्णय लिनका लागि कांग्रेस प्रदेश संसदीय दलको बैठक बोलाइएको छ।