काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या



काठमाडौं ।

काठमाडौंमा एक युवकको हत्या भएको छ। मोरङ घर काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको बत्तीसपुतलीस्थित सडकमै हत्या भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार सामान्य विवाद हुँदा धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको हो।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले तत्काल अन्य विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्