कम्बोडियाको सैन्य शिविरमा विस्फोट, २० सैनिकको मृत्यु

168
Shares

काठमाडौं ।

कम्बोडियाको एक सैन्य शिविरमा विस्फोट भएको छ। यस विस्फोटमा २० सैनिकको मृत्यु भएको छ। कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले विस्फोटको जानकारी दिँदै दुख व्यक्त गरेका छन्।

शनिबार दिउँसो कम्बोडियाको पश्चिममा रहेको एउटा सैन्य शिविरमा भएको गोला बारुद विस्फोटमा २० सैनिकको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको प्रधानमन्त्री मानेटले सामाजिक सञ्जालमा बताएका छन्।

घाइते सैनिकको अस्पतालमा उपचार भइरहेको उनले बताएका छन्। विस्फोट कारण खुल्न नसकेको बताइएको छ। प्रधानमन्त्री मनेतले मृतक सैनिकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।